थारु संस्कृतिको प्रवद्धनको लागि जापानमा माघ महोत्सव

थारु समुदायको मौलिक संस्कृतिको प्रवद्धनको लागि जापानमा अन्तर्राष्ट्रिय माघ महोत्सव हुने भएको छ ।

थारु कल्याणकारिणी सभा, जापान शाखाको आयोजनामा पुस २९ गते अर्थात जनवरी १४ तारिखमा जापानको चिबा-सी ईनागे-वार्ड आनागावा कम्युनिटी सेन्टरमा प्रथम अन्तर्राष्ट्रीय माघ महोत्सव २६४७ आयोजना गरिएको सभाले जनाएको छ।

थारू भाषा, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारू कल्याणकारिणी सभा जापान शाखाका महासचिव तथा महोत्सवका संयोजक यमकुमार चौधरी (यमदीप)ले जानकारी दिए । जापानमा आयोजना हुने यस महोत्सवले यस महोत्सवले थारु समुदायको भाषा, साहित्य तथा मौलिक कला, संस्कृतिको प्रवद्र्धन संगै अन्तराष्ट्रिय स्तरसम्म यसको प्रचारप्रसारमा सहयोग पुग्ने आफुले विश्वास लिएको उनले बताए ।

महोत्सवमा विभिन्न थारू परिकार, ढिक्री, तिल, भुजा चिउराको लड्डू, शखरखण्ड, तरूल, जुस तथा लन्च सेट खानपानको लागि राखिने महासचिव चौधरीले बताए। यस्तै महोत्सव पुर्व मेची देखि कञ्चनपुर सम्मका विविध साँस्कृतिक कार्यक्रम हुने उनले बताए। मघौटा नाच संगै छोक्रा, हुर्डुंग्या, ठेकरा, लठ्ठी नाचको प्रस्तुति रहने छ । यस्तै महोत्सवमा थारू भाषाको कविता, गीत, गजल, मुक्तक लगायत दर्जनौ रचना बाचन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ।

यस्तै महोत्वलाई भब्य र सभ्य बनाउनको लागि रामकुमार चौधरीको संयोजकत्वमा आर्थिक समिति, विनिशा चौधरीको संयोजकत्वमा माघ साँस्कृतिक समिति समेत गठन गरिएको छ ।


सभाको अध्यक्ष ओमप्रकाश दाश थारुको अध्यक्षतामा तथा सभाका संस्थापक अध्यक्ष एव संरक्षक कन्हैलाल चौधरीको प्रमुख आतिथ्यमा वैठक बसेको थियो । सभाका अनुसार जापानमा करिब ५ हजार थारु समुदायको बसोबास रहेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित