मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री (सूचीसहित)

काठमाण्डौ, ४ मंसिर । बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएको छ । नवनियुक्त मन्त्रीहरुको भोली विहान (विहिबार) सपथग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।

मन्त्रिमण्डल पुनर्गठनमा हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै राज्यमन्त्रीमा मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । (हेर्नुस सूचिसहित)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित