घोराही चोककाे माग गर्दै थाकस दाङद्धारा नगर प्रमुख चाैधरीलाई ज्ञापनपत्र


घोराही, ३० जेठ । थारु कल्याणकारिणी सभा दाङले साविक तुलसीपुर चोकलाई भानुचोक नभइ घोराही चोक बनाउनुपर्ने मागगर्दै नगरप्रमुख नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।


शुक्रवार थाकस दाङका अध्यक्ष भुवन चौधरीको नेतृत्वमा घोराही उपमहानगरपालिका कार्यालयमा पुगेका घोराहीका स्थानीय नागरिकहरुले यसअघि घोराही नगरबाट भएको निर्णयलाई यथावतमा राखेर नगरसभाको निणर्यलाइ छिटो भन्दा छिटो कार्यान्वयमा ल्याउन माग गरेका हुन् । यस अघि घोराही उपमहानगरपालिकाले साविक तुलसीपुर चोकलाई घोराही चोक बनाउने निर्णय गरेकोथियो । सोहि निर्णयको समर्थन गर्दै थाकस दाङले घोराही चोकलाई कार्यान्वयनमा ल्याउनका लागि दबाब दिएको हो ।


थाकसको ज्ञापन पत्रमा घोराही नगरको ऐतिहासिक पहिचान झल्किने र घोराहीको समग्र पर्यटनको विकासको लागि घोराहीमा घोराही चोक बनाउन अपरिहार्य रहेकोे उल्लेख गरिएको छ । त्यसैगरि दाङ जिल्लालाई हरभरा बनाउने दङाली किसानहरुको इतिहासलाई उजागर गर्नका लागि घोराहीको ट्राफिक कार्यालयको भवन नजिकको चोकलाई साविक गुम्रा चोक नामांकरण गर्न गराउन नगर परिषदबाट निर्णय गर्नका लागि जोडदार माग गरिएको छ ।


यसैविच ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले तुलसीपुर चोकलाई घोराही चोक बनाउने विषयमा यस अघि नै घोराही नगर परिषदबाट सर्वसम्मत तरिकाले निर्णय भइसकेको जानकारी गराउदै छिटोभन्दा छिटो कार्यान्वयमा ल्याउने बताएकाथिए । केहि साथीहरुले यस अघि उक्त ठाउँलाई भानु चोक बनाउने पर्ने दबाब दिएता पनि घोराही नगर परिषदले गरेको निर्णयबाट पछि नहट्ने उनले दाबी गरे । घोराहीको पर्यटन विकास संगसंगै यहाको पहिचानको लागि घोराहीको मुख्य मुख्य चोकमा घोडाको प्रतिमा राख्ने यस अघि नगरपरिषदले निर्णय गरिसकेको हुदा फेरी फेरी निर्णय सच्याउन जरुरी नरहेको उनले स्पष्ट पारे ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित