दंगीशरण दरबारमा गार्डेन पार्क निर्माण हुदै, विकासको नाममा दंगीशरणको भग्नावशेष मेटाउने प्रयासः थाकस

तुलसीपुर, १४ जेठ । जिल्लाको एकमात्र धरोहर दंगीशरणको दरवार सुकौराकोटको इतिहास वोकेको दंगीशरण दरबार भित्र वर्ड गार्डेन पार्क निर्माण भइरहेको छ । पुरातात्विक तथा प्रागऐतिहासिक महत्व वोकेको तुलसीपुर उपमहानगरपालिका ११ सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र वर्ड गार्डेन पार्क निर्माण गर्न लागिएको हो । थारु समुदायको ऐतिहासिक स्थलको रुपमा चिनिएको दरबारमा अहिले प्रदेश सरकारको सहयोगमा र्पाक निर्माण गर्न लागिएको तलसीपर ११ का वडा अध्यक्ष चित्रवहादुर वलीले जानकारी दिए । उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५ ले दंगीशरण राजाको शालिक स्थापना गर्ने र पार्क निर्माणका लागि भनेर २५ लाख अनुदान दिएको हो ।

करिब साढे दुइ हेक्टर भन्दा बढि क्षेत्रफल ओगेटेको दरबारभित्र दुइ तल्ले अधुरो भ्यू टावर निमार्ण भएको छ भने अहिले पार्क निर्माण भइरहेको छ । दरबारको पश्च्मि साइडमा निर्माण भइरेको ५० वाई ५० मिटर क्षेत्रफलमा पार्क निर्माण भइरहेको दंगीशरण सामुदायिक वनकको अध्यक्ष गोपीलाल चौधरीले जानकारी दिए ।

तर, दरबार भित्र अव्यवस्थित तरिकाले निर्माण भइरहेको संरचनाले दंगीशरण राजाको भाग्नावशेष मेटिने खतरा रहेको भन्दै थारु कल्याणकारिणी सभा सस्था लगायत थारु अगुवाहरुले विमति जनाएकाछन् । उनिहरुले दंगीशरण दरबारको विकासको नाममा दंगीशरणको भग्नावशेष मेटाउने प्रयास भएको भन्दै आफुहरुको ध्यानार्कषण भएको बताएका छन् । विना योजना, विना डिपिआरको संचरनाले दंगीशरणको उत्खननमा ठूलो असर पर्न सक्ने भन्दै गुरु योजना सहित डिपिआर गरेर मात्र दरवार भित्र संरचना बनाउन सम्वन्धित निकायलाई आग्रह गरेकाछन् ।


थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरीले दंगीशरणको भग्नावशेष मेटिने गरि अव्यवस्थित तरिकाले नयाँ संचरना बनाउनु भनेको दंगीशरणको अस्तित्व समाप्त गर्ने खेल भएको बताए । दंगीशरणको ऐतिहासिक आफ्नै खालको महत्व छ, कसैले दरबार भित्र नयाँ संचरना बनाएर विकास त देखाउलाँ तर त्यस्को असर कहाँसम्म पुग्छ त्यो भविष्यमा देखिनेछ उनले भने, तसर्थ यसको गहिरो अध्यन, अनुसन्धान र वृहत गुरु योजना बनाएर मात्र अगाडि बढ्न संवन्धित निकायलाई आग्रह गरेकाछन् ।

यसैगरि थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले पुरातात्विक तथा प्राग ऐतिहासिक महत्व राख्ने जिल्लाको एकमात्र धरोहर दंगीशरणको दरवार सुकौराकोटको इतिहास मेटाउने कसैबाट गर्ननहुने बताएकाछन् । उनले यसको विकासको नाममा दंगीशरणको इतिहास समाप्त पार्न खोजेको भन्दै थारु कल्याणकारिणी सभाको असहमति रहेको बताए । आफुहरुले दिर्घकालिन सोच बनाएर गुरु योजना बनाइ अगाडि बढ्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको बताए ।

त्यसैगरि थारु वुद्धिजीवि परिषदका अगुवा कुलविर चौधरीले विना गुरुयोजनाको बन्ने नयाँ संरचनाले दंगशीशरणको ऐतिहासिक प्रमाण र पुरातात्विक महत्वका चिजहरु हराउने सम्भावना रहेकोले यथास्थितीमा ब्यबस्थित तरिकाले संरक्षण गर्नुपर्ने बताए । उनले भने, ‘लुुम्बिनी लगायात धेरै ठाउँको नमुना हेर्न सक्छौं, स्थायी संरचनाहरुलाई यथास्थानमा राखेर विकास भएकाछन् तसर्थ यसको बृहत गुरुयोजना बनाएर एतिहासिक, पुरातात्विक क्षेत्रको विकास गरिनुपर्छ ।’

पार्कको लागि होइन्, शालिक निर्माणको लागि बजेट आएको हो ः सांसद चौधरी
यसैविच प्रदेश सभाका सदस्य एवं थारु महटावा संघका केन्द्रीय अध्यक्ष डिल्लीवहादुर चौधरीले दंगिशरण दरबारमा पार्क निर्माणको लागि भनेर बजेट छुत्याएको होइन दंगिशरणको शालिक निर्माणको लागि र गुरुयोजना निर्माण लागि बजेट छुत्याएको बताएकाछन् । दंगीशरण खवरसंग फोनमा कुरा गर्दै सांसद चौधरीले दरबारको भग्नावशेष मेटिनेगरि विना योजनाका साथ पार्क निर्मााण बनाउने आफनो असहमति रहेको बताए । दंगीशरण राजाको शालिक निर्माणको लागि आफ्नो पहलमा मुख्यमन्त्री शंकर पोख्रेलले २५ लाख बजेट छत्याइदिएको उनले बताए । २५ लाख बजेट बाट शालिक निर्माण र डिपिआर तयार गर्नका लागी बजेट विनियोजन गरेका आफुलाई जानकारी भएको बताए । दरबरको बृहत्तर विकासको लागि आफुले गुरुयोजना बनाउनकालागि लागिपरेको बताउदै सांसद चौधरी विना योजनाले नयाँ सरंचना बनाउनको कुुनै अर्थ नरहने बताए ।

गुरु योजना बनाएर अगाडि बढ्ने आफु तयार ः नगरप्रमुख पाण्डेय
यसैविच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमखुख घनश्याम पाण्डेयले दंगीशरण दरवारमा निर्माण भइरहेको वर्ड गार्डेन पार्क निर्माण तुलसीपर उपमहानगरको योजन नभएर प्रदेश सरकारको भएले आफु त्यति जानकार नभएको बताए । यदपी शालिक निर्माणको लागि भने प्रदेश सरकारबाट बजेट आएका आफुलाई जानकारी भएको नगरप्रमुख पाण्डेले जानकारी दिए । यसैविच थारु संघसस्थाका अगुवाहरुसंग छलफल गर्दै नगरप्रमखले पाण्डेले भने, आफु दंगीशरण दरबारको बृहत्तर विकासको लागि म सदैव तयार छु, यसको गुरुयोजना बनाएर अगाडि बढौं उपमहानगरपालिकाबाट हुने सहयोग गर्ने तयार रहेको बताए ।


दंगीशरणको भग्नावशेष मेटाएका छैनौः वडा अध्यक्ष वली
वडा अध्यक्ष चित्रवहादुर वलीले आफुहरु दंगीशरणको भग्नावशेष मेटाएर पार्क निर्मााण नगरेको बताए । भाग्नावशेषको क्षेत्रभन्दा केहि पर पार्क संगै दंगीशरणको शालिक निर्माण गर्न लागेको उनले स्पष्ट पारे ।

थाकसद्धारा दबरवारको अवलोकन
यसैविच दरबारभित्र अब्यवस्थति तरिकाले नयाँ सरचना निर्माण हुने थालेपछि थार कल्याणकारिणी सभाकका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीको नेतृत्व थाकस दाङका अध्यक्ष भुवन चौधरी, सल्लाहकार केवि चौधरी, थापसका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु अगुवा जनक चौधरी, श्रमलाल चौधरी, खुशीराम चौधरी घनश्याम चौधरी, भरत चौधरी, लोकजन चौधरी लगायतको टोली अवलोकन गरेकोथियो । सोहि क्रममा दंगीशरण सामुदायिक वनका अध्यक्ष गोपीलाल चौधरी, निर्माण उपभोक्ता समितिका अध्यक्ष देववहादुर चौधरी लगायत स्थानियहरुसंग छलफल गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित