महासंघ प्रदेश कमिटीको अधिवेशन माघ ३० लुम्विनीमा हुने

घोराही, १९ माघ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशन माघ ३० गते रुपन्देहीमा हुने भएको छ । महासंघको अध्यक्ष मौषम रोकाको अध्यक्षता तथा केन्द्रीय सचिव उदय जीएमको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरि बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपससमितिहरु गठन गरेको छ । महासंघका महासचिव भेषराज बस्नेतका अनुसार महसंघका उपाध्यक्ष भरत केसीको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन व्यवस्थापन समिति गठन गरेको छ । जस्को सदस्यमा समितिको कोषाध्यक्ष गणेश वली, सदस्यहरुमा बिक्रम खड्का, सरु राना, रामविकास चौधरी, महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसी र महासंघ कपिलवस्तु अध्यक्ष डिला भुसाल रहेकाछन् । त्यसैगरि साङ्गठनिक प्रतिवेदन समितिमा महासचिव भेषराज बस्नेतको संयोजकत्वमा सचिवद्वय शुक्रऋषि चौलागाई, सन्तोष दहित र सदस्य प्रेम आचार्य रहेकाछन ।

यसैगरि प्रचार समितिमा सचिव सन्तोष दहितको संयोजकत्वमा सदस्य बिक्रम खड्का र नन्दराम पौडेल, आर्थिक प्रतिवेदन समितिमा कोषाध्यक्ष गणेश वलीको संयोजकत्वमा कार्यसमिति सदस्य शोभाखर पन्थी, लक्ष्मीमान चौधरी, शिव सुनार र ओरीराम चौरसिया, अतिथि सत्कार समितिमा उपाध्यक्ष दिपा पौडेलको संयोजकत्वमा सदस्यहरु सरु राना, खेमकुमारी पोखरेल (दिपु), सोनकली थारु र रुपन्देही उपाध्यक्ष निरु गौतम सदस्य रहेकाछन् । त्यसैगरि समन्वय समितिमा सचिव शुक्रऋषि चौलागाईको संयोजकत्वमा सदस्यहरु सुजल श्रेष्ठ, मनाज श्रीवास्तव, अशोक खनाल र बिक्रम खड्का सदस्य रहेकाछन् । त्यसैगरि बैठकले नयाँ सदस्यता तथा सदस्यता नविकरणको लागि जिल्ला शाखाहरुबाट प्राप्त विवरणका आधारमा छानविनको लागि महासचिव भेषराज बस्नेतको संयोजकत्वमा रहेको समितिमा कोषाध्यक्ष गणेश वलीलाई सदस्य थप्ने निर्णय गरेको छ ।

यसैगरि बैठकमा समितिले एक हप्ताभित्र नयाँ सदस्यता र नविकरणको छानविन गरी टुङ्ग्याउने पूर्वी रुकुम जिल्लामा कार्यरत योग्यता पुगेका पत्रकारहरुलाई प्रदेश समितिबाटै सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यसैगरि लुम्बिनी प्रदेशमा हालसम्म ३६ पत्रकार कोरोना सङ्क्रमित भएकोमा २५ जनाको महासंघ प्रदेश समितिले कोरोना वीमाको दावी गरेको र हालसम्म ९ जनाको भुक्तानी भईसकेको र अन्यको प्रक्रियामा रहेको महासंघले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित