समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य डाँगी फर्किए एमालेमा

तुलसीपुर, २८ कार्तिक । एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य लिलाधर डाँगी सहितका नेताहरु एमालेमै फर्किएका छन् । लामो समय देखि एमालेमा रहेका उनी पार्टी विभाजनको बेला समाजवादीमै रहेका थिए ।

समाजवादी स्वार्थमा लिप्त भएको भन्दै एमालेमै फर्किएको डागीले बताएका छन । डाँगी सहित २ जना जिल्ला सदस्य, २ जना नगर कमिटी सदस्य सहित ५ जनालाई एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा स्वागत गरेका हुन । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ११ निवासी दलबहादुर महतरा, महेन्द्रकुमार सेन, बेदबहादुर बुढा र खुमबहादुर गिरी एमालेमै फर्किएका हुन ।

तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमालेका नेताहरु शोभाराम बस्नेत, प्रदेशसभाका उम्मेदवार घनश्याम पाण्डे लगायतको उपस्थिती रहेको थियो । उनीहरुले एमालेका सुर्यध्वजावाहक उम्मेदवारलाई जिताउने बताएका छन । कार्यक्रममा भर्खरै एमालेमा प्रबेश गरेका कृष्णविर नेपाली लगायतको सहभागिता रहेको थियो ।

यस्तै, तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ निवासी कांग्रेसका युवा नेता रमेश चौधरी सहित दुई दर्जन युवा एमालेमा प्रबेश गरेका छन । उनीहरुलाई पार्टीका महासचिव शंकर पोखरेलले घोराहीमा उनीहरुलाई स्वागत गरेका हुन ।

यस्तै पश्चिमको शान्तिनगर, बबईमा पनि पार्टी दैनिक पार्टी प्रबेश गर्नेको लहर बढेको छ । उनीहरुलाई प्रतिनिधि सभाका उम्मेदवार कोमल वली, प्रदेश सभाका उम्मेदवार हुकुम बस्नेतले पार्टिमा स्वागत गरेका थिए । यसरी दैनिक जसो युवा देखि बृद्धहरु समेत एमालेमा प्रबेश गरेको ३ नम्बर क्षेत्रमा जित सुनुश्चित भएको एमालेका उम्मेदवारहरुले बताएका छन ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित