संघको केन्द्रीय अध्यक्षमा दहित


चितवन, २२ भदौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तोष दहित चयन भएकाछन् । चितवनको सौराहास्थित होटल पार्कक इनमा शनिवार राति अवेरसम्म सम्पन्न भएको संघको चौथो राष्ट्रिय महाधिवेशनले दहितको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन अधिकृत लक्की चौधरीले जानकारी दिए ।

उनका अनुसार संघको महिला उपाध्यक्षमा उन्नती चौधरी कैलाली, महासचिवममा शन्तकुमार चौधरी चितवन, सचिवमा कमल चौधरी रुपेन्देही, कोषाध्यक्षमा दुष्यान्त चौधरी बारा रहेकाछन् ।

त्यसैगरि सदस्यहरुमा राजु चौधरी चितवन, हेमन्त चौधरी बाँके, दिप्ती शिखा चौधरी, श्रीराम दहित दाङ, रामचन्द्र कुश्मि चौधरी, चन्द्रिका चौधरी कंचनपुर, मधुरानी चौधरी, शम्भु चौधरी बाँके, रेनु चौधरी परासी, रामअवतार चौधरी कपिलबस्तु रहेकाछन् । नव निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आइतवार दिउसो सपथ तथा गोपनियताको सपथ खुवाएकोथियो ।

फाइल तस्विर


यसैगरि अध्यक्षमा निर्वाचित भए लगत्तै संघका अध्यक्ष दहितले यो जीत आफ्नो मात्र नभई सिंगो थारु पत्रकारहरुको जीत भएको प्रतिक्रिया दिएकाथिए । उनले भने, –‘केहि साथीहरु असन्तुष्ट हुनु स्वभाविक हो, एउटा साने टिममा सवैलाई समेत्न सकिएन होला, तर मैले सवैको भावनालाई समेत्दै असुन्तष्ट साथीहरुको भावनालाई उच्च कदर गर्दै सवैसंग नियमित रुपमा सहकार्य र समन्वय गरि अगाडी बढ्ने छु ।’ यसैगरि अधिवेशनलाई भव्य र सभ्य बनाई सफल बनाएकोमा चितवन शाखा, विभिन्न जिल्लाबाट आएका प्रतिनीधि, प्रवेक्षक, निर्वाचन टिम लगायत महाधिवेशनलाई सफल बनाउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई उनले धन्यवाद ज्ञापन पनि गरेको थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित