दाङको तीन पालिकमा गठबन्धनबाट महिला विहिन, उप्रमुखको लागि ४९ महिला प्रतिस्पर्धामा

गठबन्धन खाली जित्नको लागि मात्र भएको भन्दै जिल्लामा ब्यापक टिकाटिप्पणी भएको छ । समावेशी, समानुपातीको कुरा उठाउने मुख्यदलहरुले नै महिलालाई विश्वास गर्न नसक्नु भनेर गठबन्धन कमजोरी हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला नपरेपछि सत्तारुढ गठबन्धनको व्यापक आलोचना भइरहेको छ । गठबन्धन खाली जित्नको लागि मात्र भएको भन्दै जिल्लामा उसको ब्यापक टिकाटिप्पणी भएको छ । समावेशी, समानुपातीको कुरा उठाउने मुख्यदलहरुले नै महिलालाई विश्वास गर्न नसक्नु भनेर गठबन्धन दलभित्रका महिलाहरुले आलोचना गरिरहेकाछन् । उसो त विपक्ष दल नेकपा एमालले पनि जिल्लाको कुनै पनि पालिकामा प्रमुख दिन सकेन तर उसले सवै पालिकामा महिलालाई भने उपप्रमुखको उम्मेद्वारी बनाएको छ ।

दाङमा अझैपनि मुख्य राजनीति दलहरुले महिलाको नेतृत्व स्वीकारर्न मुस्किल रहेको महिला अधिकारकर्मी तथा प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य बताइन् । उनले आफनो फेसबुकको वालमा सत्तारुढ गठबन्धन र प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गर्दे भनेकीछन, –‘गाह्रो छ हजुर ! गठबन्धनहुदाँ महिला मारमा परेकै हो, महिलाहरुले दलभित्र दबाब बढाउन नसकेकै हो र महिला नेतृत्व स्वीकार गर्न सवैलाई मुश्किल परेको पनि उत्तिकै साँचो हो ।’ त्यसैगरी उनले गठबन्धनमा दुवै प्रमुख पद पुरुषले हत्याएर भनिरहँदा एमाले एक्कलैले उम्मेद्वार दिदा पनि एकजना पनि प्रमुखमा महिलाको ल्याएको छैन । कानुनी बाध्यताभित्र महिलालाई उपमा सीमित गर्नेका पनि गफ मात्रै ठूला भनेकिछन् ।

गठबन्धनबाट महिलाले प्रमुख र उपप्रमुखको टिकट नपाएपछि सत्तारुढ गठबन्धनक दलभित्रकै नेपाली काँग्रेस की नेतृ तथा दाङकी पुर्व कोषाध्यक्ष समेत रहेकी सावित्रा रानाले आधा आकाश, आधा धर्ती ढाक्ने महिलाहरु भोट बैंकको रुपमा मात्र प्रयोग हुने बताइन् । उनले आफ्नो फेसवुकको वालमा गठबन्धनलाई लक्षित गर्दै भनेकीछन, –‘संविधान सभाका महिलाहरु, राष्ट्रिय सभाका महिलाहरु, प्रदेश सभाका महिला सदस्यहरु नै समावेशी संवैधानिक राज्य व्यवस्थाले दिएको महिला अधिकार हनन् हुदा सम्म मौन बसे, आधा आकाश, आधा धर्ती ढाक्ने महिलाहरु के अब भोट बैक मात्र हुन ?’
यदपी दाङको दश पालिकामा विभिन्न पार्टीका ५७ जना महिलाले प्रमुख र उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएकाछन् । दश प्रमुख र उप्रमुखको लागि विभिन्न पार्टी र स्वतन्त्रबाट ५७ जना महिलाको उम्मेद्वारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । ५७ जनामध्ये ८ जनाले प्रमुखको लागि र ४९ जनाले उपप्रमुखको लागि उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

घोराही उपमहानगरपालिकाको मेयरमा राप्रपाबाट सरिता देवकोटा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्र्टीबाट शान्ता चौधरी भिड्दैछन् । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेले हुमा डिसी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले शोभा शाह, विवेशिल साझा पार्टीले लक्ष्मि जिएम, नेपका मालेले राधिका क्षेत्रलीलाई उम्मेद्वारी उठाएको छ । त्यसैगरी स्वतन्त्रबाट बसन्ता कुमारी भट्टराइले उम्मेद्वारी दिएकीछिन् ।

त्यसैगरि तुलसीपुर उपमहानगरपालिकामा मेयर पदमा राप्रपाबाट जगधनी चौधरी, मंगोल नेशनल अर्गनाइजेसबाट जया घर्ती र नागरिक उन्मुक्ति पार्टीबाट प्रभा चौधरी प्रतिस्पर्धा गर्दैछन् । यसैगरी उपमेयरमा नेकपा एमालेबाट स्यानी चोधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट मनकुमारी महत, जसपाबाट धनसरा विक र नेकपा मालेबाट फगनी चौधरी भिडदैछन् ।

यसैगरी लमहीमा पनि उपमेयरमा मात्र उम्मेदावरी परेको छ । नेकपा एमालोबाट सुशीला शर्मा, नेपालीक काँग्रेसबाट लक्ष्मी योगी, नेकपा माओवादी कोनद्रबाट गंगा पाण्डेय, राप्रपाबाट सीता पौडेल, र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट सावित्रा कुमालेविच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा एकजना महिलाको उम्मेद्वारी परेको छ । पालिकाको अध्यक्षमा नेपाली काँग्रेसले जगदम्वा चौधरीलाई उम्मेद्वारी बनाएको छ । उनि यस अघि पालिकाको उपाध्यक्ष थिइन् । त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेले कमलापति चौधरी,, जसपाले दिपशिखा न्यौपाने, मंगोल नेशनल अर्गनाइजेसनबाट हिरा थापा मगर भिड्दैछन ।

यसैगरी गढवा गाउँपालिकाको अध्यक्षमा कुनै पनि पार्टीले महिला उम्मेद्वार बनाएको छैन । उपाध्यक्षमामा भने ७ जना महिलाले उम्मेदवारी दिएकाछन् । नेकपा एमलेबाट सीता चौधरी, नेपाली काँग्रेसबाट शारदा कुमारी चौधरी, नेकपा एकृकित समाजबाटीबाट शान्ति चौधरी, राप्रपाबाट तुलसी कवर योगी, मंगोल नेशनल अर्गनाइजेसन भिष्मा कुमारी वुढा मगर, जनमत पार्टीबाट नगिना चमार, जसपा बाट गीता चौधरीविच प्रतिपस्पर्धा हुनेभएको छ ।

त्यसैगरी दंगीशरण गाउँपालिकाको अध्यक्षमा महिलाबाट एकजनाको मात्र उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट आसा केसीले अध्यक्षमा उम्मेदवारी दिएकीछन । त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेबाट बुधनी चौधरी, नेपाली काँग्रेसबाट पिमाकुमारी खड्का, नेकपा माओवादी केन्द्रबाट निर्मला वली, नेकपा एकिकृत समाजबादीबाट चित्रा देवि लामिछाने, राप्रपाबाट मनप्यारी भट्टराई र मंगोल नेशनल अर्गनाइजेशनबाट फगन्या चौधरी भिड्दैछन ।

यस्तै बबइ गाउँपालिमाको अध्यक्षमा कुनैपनि महिलाको उम्मेद्वारी परेको छैन । तर, उपाध्यक्षमा भने ५ जनाको उम्मेद्वारी परेको छ । उपाध्यक्षमा उम्मेद्वारी दिनेमा नेकपा एमालेबाट सावित्रा विश्वकर्मा, नेपाली काँग्रेसबाट बमकुमारी खड्का, नेकपा माओवादी केन्द्रबाट अन्जु घर्ती, राप्रपाबाट दीपकली कंडेल र स्वतन्त्रबाट शारदा कुमारी शाह रहकाछन् । एमालेकी उम्मेद्वारी सावित्रा विश्वकर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकीथिइन् ।

त्यसैगरी राजपुर गाउँपालिकाको अध्यक्षमा पनि कुनैपनि महिलाको उम्मेद्वारी परेको छैन । उपाध्यक्षम भने नेकपा एमालेबाट सीता यादव, नेपाली काँग्रेसबाट धनपति यादप, नेकपा माओवादी केन्द्रबाट पुष्पा यादव, राप्रपाबाट गिता चौधरी, राष्ट्रिय जनमोर्चाबाट देउकला श्रेष्ठ र जनमत पार्टीबाट अन्जलाबटि यादपको उम्मेद्वारी परेको छ । शान्तिनगरमा ४ जना महिलाले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएकाछन् । एमालेबाट कमला भण्डारी, नेपाली काँग्रेसबाट प्रेमकुमारी बुढाथोकी, माओवादी केन्द्रबाट राधिका परियार र नेकपा समजावादी पार्टीबाट लताकुमारी बस्नेत भिड्दैछन् ।

त्यसैगरी बंगलाचुली गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनपाटीबाट गीता कुमारी पुनले उम्मेद्वारी दिएकीछिन । उपाध्यक्षमा नेकपा एमालेबाट सरस्वती कुमारी घर्ती र राष्ट्रिय जनमोर्चाबाट अनिता पाण्डेयलाई उम्मेद्वारी बनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित