घोराही १७ का सुकुमबासीहरु भन्छन्,-‘हामीलाई कस्ले दिन्छ र राहत’

घोराही, २६ चैत । लकडाउनका कारण छाक तार्न समस्या भएका अतिविपन्न घरपरिवारलाई स्थानिय सरकारले राहत वितरण गरिरहेपनि घोराही उपमहानरपालिका वडा नं. १७ का सुकुमबासीहरुले भने अझै सम्म कुनै राहत पाएकाछैनन् । लामो सयमसम्म लकडाउनका कारण अहिले छाक तार्न धौ धौ भइरहेको घोराही १७ का सुकुमबासी दशरथ दमाइले भने ।

सरकारले विपन्न परिवारलाई राहत वितरण गरिरहेको रेडियोमा समाचार सुन्दा खुशि लागेतापनि आफुहरु भने अझैसम्म कुनै राहत नपाएकोले गुनासो पोखे । उनले भने,-‘घरमा भएका सवै अन्न सकिसक्यो, मजदुरी गर्न जाउँ लकडाउन छ, तर सरकारले हामीलाइ वास्ता गरेको छैन ।’

बुधबार विहानै दंगीशरण खवर डटकमसंग दमाइले यस्तो व्यथा सुनाए । उनका अनुसार सुकुमबासी बस्तिमा २०/२२ घर परिवार छ भने करिब १ सय बढि जनाको जनसंख्या छ । (यदी तपाई सहयोग गर्न चाहनुहुन्छ भने दशरथ दमाईको मो.नं.९८०९८५५२४५ मा सम्पर्क गर्नसक्नुहुने छ)

केहिदिनमा राहत वितरण गर्छौः वडा अध्यक्ष चौधरी
यता वडा अध्यक्ष खुशीराम चौधरीले सुकुमबासी बस्तिमा एकदुइदिनभित्र राहत वितरण गर्ने बताएकाछन् । उनले राहतका वितरणका लागि घोराही १७ का बास्तविक सुकुमवासी तथा विपन्न परिवारहरुको डाटा संकलन गरिहरेको बताए । अहिले राहत वितरण कार्यक्रम जारी रहेको बताउदै अध्यक्ष चौधरीले बास्तविक सुकुमवासी तथा विपन्न परिवारहरुले समयमा राहत पाउने बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित