जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


काठमाडौं । सरकारले जेठ ५ गतेसमम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १०दिन थप गरेर आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमण फैलन नदिनको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि वैशाख २५ गते सकिदैथियो। लकडाउनकै बीच नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने २२ जना निको भएर घर फर्किसकेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित