मातेश्वर मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा बुद्धिविनोद पाण्डेय

घोराही १ स्थित किचनी दह स्थित मातेश्वर मन्दिर संचालन एवं व्यवस्थापन समितिको अध्यक्षमा बुद्धि विनोद पाण्डेय चयन हुनुभएको छ । शनिवार बसेको मन्दिरको व्यवस्थान समितिको भेलाले पाण्डेयलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै समितिको सचिवमा केशव राना, कोषाध्यक्षमा गुरुप्रसाद पौडेल चयन हुनभएको छ । यस्तै सदस्यमा डिलाराम भुसाल, लेखनाथ पाण्डेय, रुद्धमणी पौडेल, गंगामणि पौडेल, पूर्णप्रसाद पन्त र देपमति थापा चयन भएको समितिको नवनिर्वाचित कोषाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार रिक्त रहेको उपाध्यक्ष र सहसचिव पदमा समितिको बैठकले मनोनित गरिने छ । उक्त दुवै पदमा महिलालाई मनोनित गर्ने कोषाध्यक्ष पौडेलले बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मेघवहादुर रानाको अध्यक्षतामा तथा मन्दिर व्यवस्थापनका संस्थापक कमलादेवि भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित