मनकारी घरबेटीः जसले गरे एक लाख बराबर घरभाडा छुट

घाेराही, १४ साउन । दाङका समाजसेवी एवं नेकपाका युवा नेता तेजमान चौधरीले तेह्र वटा सटरको घरभाडा छुट दिएकाछन् । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरा निवासी चौधरीले घोराहीको तुलसीपुर चोक र विपी चोकमा रहेका दुइवटा घरमा सटर लिएर व्यवसायी गर्ने व्यवसायीहरुलाई एक महिनाको घर भाडा छुट गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका व्यवसायीहरुलाई केहि राहत पुगोस र व्यवसायी गर्नमा अझ हौसला बढोस भनेर चौधरीले घर भाडा छुट दिएकाे बताए । कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा एउटा मानवले अर्काे मानवलाई सहयोग गर्ने मानवीय दायित्व भएकाले आफ्नाे दुइवटै घरको १३ वटै सटरबाट आउने एक महिनाको करिब एक लाख घरभाडा मिनाहा गरिदिएको उनले दंगीशरण खबरलाइ बताए ।

थारु कल्याणकारिणी सभा दाङका निवर्तमान अध्यक्ष समेत रहेका चौधरी नेकपा दाङका युवा नेता समेत हुन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित