वैदेशिक रोजगारका क्रममा मृत्यु भएका अनिलका परिवारलाई परियार सेवा समाजद्वारा आर्थिक सहयोग

घोराही, २ पुस।
वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरिया निवासी २७ वर्षीय अनिल नेपालीका परिवारलाई परियार सेवा समाज दाङले सहयोग रकम हस्तान्तरण गरेको छ।

बुधबार घोराहीमा एक कार्यक्रम गरि परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारले मृतक अनिल नेपालीका बुवा र बहिनीलाई रु.७,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका हुन्। परियारले मृतक अनिलकी बहिनी सुजिता परियारको पढाई खर्चका लागि रु.५००,०००/- रकम चेक र पारिवारिक अवस्था सुधारका लागि उनका बुवा ज्ञानबहादुर दमाईलाई रु.२,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका हुन्। सुजिता अहिले कक्षा सातमा अध्ययनरत छिन्।

मलेसियाको सुङलिग कम्पनीमा कार्पेन्टरको काममा कार्यरत अनिलको गत असोज २८ गते एपेन्डिस्को शल्यक्रियाका क्रममा मृत्यु भएको थियो।
उनको पारिवारको आर्थिक अवस्था सुधारका लागि मलेसियाको जि.एस. समाज सेवा युवा क्लब लगायत वैदेशिक रोजगारमा रहेका थुप्रै व्यक्तलेहरुले आर्थिक रकम सहयोग गरेको परियार सेवा समाजका अध्यक्ष केशव परियारले जानकारी दिए। साथै विभिन्न ठाउँबाट मानवीय नाताले आफूले सक्दो रकम सहयोग गर्नुहुने सबै सहयोगीहरुलाई उनले धन्यवाद व्यक्त गरे।
समाजका अध्यक्ष केशव परियारको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्य र समाजका सल्लाहकार चुर्ण परियारको विशिष्ट आतिथ्यमा सहयोग रकम हस्तान्तरण कार्यक्रम भएको थियो।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित