पत्रकार ठाकुरसिंह थारु बर्दियाबाट चुनाव लड्ने

पत्रकार ठाकुरसिंह थारु बर्दियाबाट चुनाव लड्ने भएका छन् । उनी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा उमेदवार बन्ने भएका हुन् । नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका थारु कान्तिपुर दैनिकमा कार्यरत छन् ।

नेकपा एमालेको क्रियासिल सदस्य समेत रहेका थारुले केहीदिन अघि नेकपा एमाले छोडेको घोषणा गरेकाथिए । त्यसलगत्तै उनि जेलमा रहेका रेशम चौधरीलाई भेट्न डिल्लीबाजर स्थित कारागारमा पुगेकाथिए ।

चौधरीले बर्दिया १ बाट उम्मेद्वार बनाउने भनेपछि अहिले गाउँ गाउँ उनि चुनावी अभियानमा लागेका छन् । अहिलेसम्म पत्रकारिता मार्फत नागरिकका निम्ति काम गरेको बताउँदै थारुले अब राजनीतिमार्फत जनताको सेवामा लाग्ने बताए ।

यहि क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसका संजय गौतम उठ्ने चर्चा छ । गौतम यस अघि २०७४ को निर्वाचनमा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पराजित गरेकाथिए । त्यसैगरी उक्त क्षेत्रबाट नेकपा एमालेको तर्फबाट लक्ष्मण ज्ञावलीको उठ्ने भएकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित