घोङघी टिप्न गएका चौधरी ड्याममा डुबेर बेपत्ता

घोराही, ६ भदौ । दाङमा एक जना पुरुष डुबेर बेपत्ता भएका छन् । घोराही-१७, कर्जाही स्थित ड्याममा घोङघी टिप्न गएको बेला डुबेर एक जना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

सोमबार विहान ११ बजे ड्याममा घोङघी टिप्न गएको बेला घोराही १७ कर्जाही निवासी ४० वर्षिय अम्मर चौधरी वेपत्ता भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । स्थानीयले दिउसो १२ बजेतिर प्रहरीलाई खबर गरे लगत्तै ड्याममा खोजी कार्यकार्य गरेपनि अहिलेसम्म पत्ता लगाउन नसकिएको उनले बताए । ‘दिउसो देखि अहिलसम्म निरन्तर खोजिकार्य जारी छ, उनले भने-ड्याममा ठूलो पानी भएकोले अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।’

वेपत्ता चौधरीको खोजिमा प्रहरी, ससस्त्र प्रहरी ड्यामभित्र गएर खोजि गरिरहेको छ । यस अघि गत वैशाखमा पनि सोही ड्याममा नुहाउने क्रममा एकजनाको डुबेर मृत्यु भएकोथियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित