एमाले दाङले छान्यो जिल्ला अधिवेशन प्रतिनिधि

 

नेकपा एमाले दाङको पुस २३ को जिल्ला अधिवेशनको लागि सनिवार प्रतिनिधि छनौट गरेको छ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका ८ वटा वडा बाहेक अन्य ठाउँमा अधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा सनिवार खानेपानी उपभोक्ता समितिको चुनाव भएकोले ति क्षेत्रमा आइतवार अधिवेशन प्रतिनिधि छनौट गर्ने पार्टीले जनाएको छ । दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् ।

 

एमालेले अधिवेशन प्रतिनिधि छनौट गर्न सर्कुलर र सवै मतदान केन्द्रमा निर्वाचन अधिकृत खटाएको थियो । ‘प्रतिनिधी छनौट कार्य सम्पन्न गर्नको लागि सवै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाएर छनौटको काम भएको छ ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने । अधिवेशनको लागि जिल्लाभरबाट १ हजार ४ सय ३७ प्रतिनिधि सहभागि हुने छन् । एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनौटको मापदण्डमा महिलाको हकमा १२ वरावर १ जना, दलितको हकमा १० वरावर १ को व्यवस्था गरेको थियो ।

त्यसैगरेर अन्यको हकमा २० वरावर १ जना, पेशागत महासंघ नेपालवाट १० जना, नेपाल ट्रेड पूनियन महासंघवाट ३, अनेरास्ववियूवाट ३ जना राष्ट्रीय युवा संघवाट ३ , अनेमसंघवाट ३ जना, अखिल नेपाल किसान महासंघवाट ३ आदिवासी जनजाती महसंघ नेपालवाट ३ , नेपाल भूमीहिन सुकुम्वासी संगठनवाट ३ जनाको व्यवस्था गरेको थियो । त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजवाट ३ जना, प्रेश चौतारी नेपालवाट ३, लोकतान्त्रिक थारु संघवाट ३ जना, नेपाल राष्ट्रीय उद्योग व्यवसाय महासंघवाट ३ जना, नेपाल राष्ट्रीय भुतपूर्व सैनिक तथा प्रहरी संगठनवाट ३ जना, राष्ट्रीय जनसाँस्कृतिक महासंघवाट ३ जना, नेपाल खेलकुद महासंघवाट ३ जना, नेपाल वुद्धिजिवी परिषदवाट ३ जना, लोकतान्त्रिक अपाङ्घ संगठनवाट ३ जना, प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठनवाट ३ जना, मानव अधिकार एलाईन्सवाट ३ जना, राष्ट्रीय स्वास्थ्यकर्मी संघवाट ३ जना र मधेसी, मुस्लिम संगठित सदश्यवाट सवै प्रतिनिधीको व्यवस्था गरेको थियो ।

एमाले दाङको १३ औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित