बीमा रकमको लोभमा टिप्परमा आगजनी

दाङमा बिमा रकमको लोभमा परी नेपाल बन्दको मौका छोपेर आफैले चलाउदै आएको टिप्परमा चालक र सहचालकले आगजनि गरेकाछन् ।

मंगलबार एकाविहान टिप्परमा आगजनि गरेको खबर बाहिर आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफैले चलाउदै आएका टिप्पर चालक र सहचालकले आगजनि गरेको पुष्टि भएको छ ।

विप्लव माओवादी सहित चार दलले गरेको बन्दको मौका पारेर उनिहरुले बिमा रकमको लोभमा परी आफैले चलाउदै आएको विग्रेको टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

विग्रेको गाडिमा आगजनी भएको कुरा थाहाँ भएपछि टिप्पर चालक रह सहचालकलाई नियन्त्रणमा लिएकाथियो उनले भने, अनुसन्धान गर्दै जादा टिप्पर मालिकको सहमतिमा बिमा रकमको लोभमा विग्रेको गाडिमा चालक र सहचालकले आगजनी गरेको देखियो ।

अहिले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । गाडि मालिकको पनि खोजी भइरहेको काफ्ले ले हिमाल खबरलाई बताए । लमही घोराही सडकखडको बबइ खोला पुल नजिकै रा १ ख १६९४ नम्मबरको टिप्परमा आगो लगाइएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित