तुलसीपुरमा अक्सिजन सहित ५० बेडको आइसोलेसनको निर्माण अन्तिम चरणमा

आइसोलेसन सेन्टरको अनुगमण गर्दै नगर प्रमुख घनश्याम पाण्डे

तुलसीपुर, १८ वैशाख । तुलसीपुरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तुलसीपुर ८, अश्वारा स्थित भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) मा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरिन लागिएको हो ।
अक्सिजनको कारणले जिल्लामा कोरोना संक्रमितहरुको ज्यान जोखिममा पर्ने भएकाले संक्रमितहरुलाई बचाउनको लागि तुलसीपुर उमहानगरपालिकाले ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गर्न लागेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । शुक्रवार आइसोलेसन सेन्टरको अनुगमण गर्दै नगर प्रमुख पाण्डेले छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गरेर उपचारमा लाग्न समेत उनले स्वास्थ्य महाशाखालाई निर्देशन दिएका छन ।

आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउदै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले अबको दुइदिनमा संचालनमा आउने े बताए । उनको अनुसार अहिले विद्युत, धारा जडान, वाइरीङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । आइतबारसम्म अक्सिजन र बेडको व्यवस्था गरिसक्ने न्यौपानेले जानकारी गराए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित