कोरोनाको कहरबीचमा थारु समुदायको सख्या नाच (फोटो फिचर सहित)

सन्तोष दहित
घोराही, १५ कार्तिक । कोरोना संक्रमणकै कहरबीच आएको यसपालिको दसैंमा उत्साह र उमंग र त्रास पनि उत्तिकै छ।

तथापि थारु समुदायमा दशैको बेला नाचिने सख्या, पैयाँ नाच नाच्न भने उनिहरुले छाडेनन् । खासगरि पश्चिम नेपाल लुम्वनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सामुहिक रुपमा दसैंमा सख्या, पैया नाच नाच्ने परम्परा रहदै आएको छ । तर, यो बर्ष कोरोनाको कारणले त्यति उत्सव नभएता पनि केहि गाउँहरुमा भने आफ्नो मौलिक कला, संस्कृति झल्काउनका लागि केहि दिन भएपनि सख्या पैया नाच नाचिरहेकाछन् ।

दंगीशरण गाउँपालिका ३ हेकुलीमा गत बर्ष गत बर्षझै यो बर्ष पनि दशैको संख्या पैया नाच धुमधामकासाथ नाचिरहेकाछन् । करिब एक महिनासम्म नाचिने सख्या नाचले यो बर्ष छोत्यार एक हप्ता मात्र नाच्न लागिएको दंगीशरण गाउँपालिका ३ हेकुलीका महटावा नारायण चौधरीले जानकारी दिए । कोरोनाको उच्च सतकर्ता अप्नाएर गाउँका भाइवहिनीहरु नाचिरहेको उनले बताए ।

गाँउको महटावाको घरको आँगनमा युवाहरु र अविवाहित महिलाहरुले नाच्ने गर्दछन् । दुइवटा समुह वनाएर नाचिने यो नाचमा निकै महत्वका साथ नाचिने चलन छ।

प्रत्येक एउटा समुहको अगुवा समेत वनाइएको हुन्छ । महिला समुहको अगुवाको नाम “मोरिन्या” वनाएको हुन्छ। त्यही ‘मोरिन्या’ का अनुसार ‘सख्या’ गीत गाउने चलन छ । त्यसैगरि सहयाकम ‘पच्गिन्या’ पनि बनाइएको हुन्छ।

यसैगरी मादल वजाउने टिमको पनि अगुवा ‘मन्द¥या’ एकजना पछाडीको अगुवा ‘मन्दर्‍या’ हुन्छ।१५/२० जनाको हाराहारीमा थारु वठिन्याहरु त्यसैगरि थारु युवाहरुको जमातले ठुलो मान्दलको एक स्वरमा एक गाँउवाट पल्लो गाउसम्म आवाज जाने गर्दछ।

त्यसैगरि थारु वठिनिया (थारु युवती) ले एउटै स्वरमा ‘सख्या’सामुहिक रुपमा गीत गाउने चलन रहेको छ। (हेर्नुस् फोटो फिचर)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित