टीकापुर राजबन्दीहरुको रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 

घोराही, ७ भदौं । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ नेपाल लगायत दाङका थारु संघसंस्थाले संयुक्त रुपमा टीकापुर राजबन्दीहरुको रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । २०७२ भदौ ७ र ८ गते भएको टिकापुर घटनामा पक्राउ परेका राजबन्दीहरुको झठ्ठा मुद्दाखारेजी र निशर्त रिहाईका लागि दाङका विभिन्न थारु संघ संस्थाहरुले संयुक्त ज्ञापन पत्र बुझाएका हुन ।

त्यसैगरि टीकापुर घटनाको सत्य तथ्य छानविन गर्नका लागि तत्कालिन नेपाल सरकारले पुर्व न्यायधिस चन्द्रलालदास नेतृत्वको टोलीले न्यायिक समिति, सर्वदलिय संसदिय समिति, र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु सार्वजनिक नगरिकनै अवज्ञा गर्दै एकल ढंगबाट अन्यायपुर्ण तरिकाले न्यायलयको फैसला आउनु बदनियत, दुभाग्र्यपुर्ण र षड्यन्त्रपुर्ण रहेकोले यथासिघ्र उक्त प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताएको छ । टीकापुरको घटनालाई सुनियोजित रुपमा कर्तब्य ज्यान मार्ने उद्योग, र डाँकाचोरीको झुठ्ठा मुद्दामा माननिय रेशम चौधरी लगायत थुप्रै थारुहरुलाई बदनियत रुपमा आजिवन कारावासको सजाय प्रतिविरोध गर्दै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरी, थारु महटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानविर चौधरी, राष्ट्रिय थारु कलाकार मंच दाङका अध्यक्ष शालिकराम चौधरी, थारु म्हिला सभा दाङका अध्यक्ष शान्ता चौधरी, प्रजातान्त्रिक थारु संघका अध्यक्ष लक्ष्मिमान चौधरी लगायतले संयुक्त रुपमा उक्त ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकरी राम बहादुर कुरुम्बाङले सम्वन्धित निकायसम्म ध्यानाकर्षण गराउने संगै ज्ञापन पत्र बुझाउन प्रतिवद्धता व्यक्त गरेकाथिए । ज्ञापन पत्र सभाका सचिव प्रकाश चौधरीले पढेर सुनाएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित