तुलसीपुरमा थारु पहुना घरको शिलन्यास

तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो ।

लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको शिलन्यास तुलसीपुर उपहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका गरेकाथिए। घरको शिलन्यास गर्दै नगर प्रमुख पाण्डेले थारु समुदायको कला, संस्कृतिको विकासका लागि स्वंय समुदायका युवाहरु जागरुक हुनुपर्ने बताएकाथिए । ‘थारु समुदायको आफ्नै मौलिक कला, संस्कृति रहेकाछन्, यी संस्कृतिको विकास गर्नु नै तुलसीपुर उपमहानगरको समृद्धि हुनु हो उनले भने-‘थारु समुदायको संस्कृति विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले सदैव सहयोग गर्ने तयार छ ।’ यसैगरि नगरप्रमुख पाण्डेयले भुह्यारथानमा खानेपानी अभाव हुन नदिनको लागि खानेपानी पानी ट्याङ्की र ट्वाईलेट निर्माणको लागि चाहिने जति सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकाथिए ।

लुम्विनी प्रदेश सरकारको १० लाख अनुदान र स्थानिहरुको एक लाख ४५ हजार गरि ११ लाख ४५ हजारमा उक्त घर निर्माण गर्न लागिएको नमूना भुह्यारथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए । उनको अनुसार पहुना घर दुई कोठे बन्ने भएको छ । यस अघि भुह्यारथानमा बहुआयमिक सभा हल निर्माण गरिएकोथियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित