कोरोना संक्रमणबाट दाङका एक पुरुषको मृत्यु

कात्तिक, १५ घोराही । कोरोना संक्रमाणबाट दाङका एक पुरुषको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित