श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँ

तुलसीपुर, ३० मंसिर।  श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका  विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको विदेश पलायन संख्यामा कमी ल्याउन नसक्ने उनीहरुको भनाई थियो । यसैगरि कार्यक्रममा वैदेशिक रोजगारमा जानु भन्दा आफ्नै देशको कामलाई सम्मान गरेर त्यही कामबाट आर्थिक आयस्तरलाई वृद्धि गर्न सकिने बताएकाथिए । 
साथै श्रमको उचित मुल्यांकन नपाएको भन्दै नेपालमा श्रमको मूल्याँकन हुँदैन त्यसैले वैदेशिक रोजगारमा जान बाध्य भएको वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रमको विषयवस्तुमा प्रवेश गराउँदै अहिले दैनिक १५ देखि १७ सय नेपालीहरु वैदेशिक रोजगारीमा गइरहेको तथ्यांक ओरेक दाङका कार्यक्रम संयोजक इश्वरी थापाले प्रस्तुत गरेकिथिइन। उनले आईएलओको सन्धि  २०१५ अनुसार १ करोड १५ लाख नेपाली वैदेशिक रोजगारको शिलशिलाामा विदेश गएको जानकारी पनि दिइन् ।


कार्यक्रममा महिला मानवअधिकार संजाल दाङकी पूर्व अध्यक्ष तथा सल्लाहकार सुष्मा गिरी, तुलसीपुर उपमहागरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई कार्यक्रमहरुमा ल्याउनु पर्ने र श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने बताएकाथिए । कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल दाङका सचिव पदमा चौधरी, मदन भुषाल, सावित्रा ढकाल, पुरन चौधरी,लगायतले स्वदेशमै रोजगारीको सिर्जना गर्न र स्वदेशमै स्वरोजगार सम्वन्धि सुचिकृत गर्नका लागि पहल गर्न आग्रह गरेका गरेकाथिए ।  वैदेशिक रोजगारबाट फर्किएका युवा, महिला, सरोकारवाला निकायका व्यक्तिहरु, नमुना युवा संसदका युवा गरि ७० जनाको सहभागिता रहेको कार्यक्रम नमुना युवा संसद तुलसीपुरको आयोजना तथा ओरेक नेपाल दाङको सहकार्यमा भएको थियो ।
नमुना युवा संसद तुलसीपुरका सभामुख नवराज घिमिरेको अध्यक्षता तथा तुलसिपुर  उपमहानगरपालिकाका प्रवक्ता सुर्य वहादुर डाँगी ‘श्याम’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ओरेकका दिपा धिताल र सहजीकरण ओरेकका कार्यक्रम अधिकृत कल्पना चौधरीले गरेकिथिइन् ।  हरेक वर्ष डिसेम्वर १८मा मनाइने अन्तराष्ट्रिय आप्रवासी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको थियो । यसैविच सीप र रोजगार संमृद्धिको आधार भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी दिवस डिसेम्वर १८का दिन मनाइदैछ ।

निता चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित