साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत स्वास्थ्य सामग्री हस्तान्तरण

दंगीशरण, २३ बैशाख । दंगीशरण गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागी अमेरीकी नियोग यु.एस.ए.आइ.डि. को साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत चेकजाचँका लागि विभीन्न स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप हस्तान्रण गरेको छ ।

कोरोना रोकथाम तथा स्वास्थ्य चेकजाचँका लागि सेनिटाईजर ७५ थान, एन – ९५ माक्स २५ थान, थर्मोमिटर २ थान, हात धुने साबुन १० दर्जन हस्तानतरण गरेको हो । मंगलबार दगींशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीलाई हस्तान्तरण गरीएको हो ।

पछिल्लो समय प्रदेश न. ५ मा पनि कोरोना संक्रमित भेटिएपछि साझेदारी संघियता सहयोग कार्यक्रम मार्फत सहयोग गरेको हो । सुदुरपश्चिम र प्रदेश न. ५ मा यो कार्यक्रम १० वटा पालीकामा यो कार्यक्रम लागु गरिएको छ । जस अन्तर्गत प्रदेश न. ५ को दाङ जिल्लामा दंगीशरण गाउँपालिका, तुलसीपुर उपमहानगरपालीका र घोराहि उपमहानगरपालीका गरी ३ स्थानीय तहमा लागु गरिएको छ ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित