सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई नियमन, नियन्त्रण र कारबाही आवश्यकः सचेतक चौधरी

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग भइरहेको बताएकिछिन । सोमवार प्रतिनीधि सभाको वैठकमा बोल्दै चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारणले धेरै मानिस भ्रममा परेको बताउदै सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको बताएकी हुन् ।

लोकतन्त्रभित्र छाडातन्त्र अटाउन नसक्ने भन्दै सचेतक चौधरीले भनिन्, ‘फेसबुक, ट्वीटर र कतिपय अनलाइन मिडियामा चरित्र हत्या गरेर लेखिन्छ, निराधार आरोप लगाइन्छ र फोटोसपबाट अनेकौं फोटो जोडेर भिडियो बनाएर युट्युब च्यानलमा मिथ्या कुराको ब्यापार गरिन्छ ।’ उनलेभनिन्,-‘सत्य समाचार सम्प्रेषण गर्नेहरुको सम्मान गर्ने तर आजभोलि फेक समाचारको ब्यापार मौलाएको छ ।’

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित