रोटरी क्लबद्वारा दंगीशरण गाउँपालिकालाइ स्वास्थ्य सामग्री हस्तान्तरण

दंगीशरण, २५ वैशाख । राेटरी क्लव अफ तुलसीपुर सिटिले दंगीशरण गाउपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । बिहिवार राेटरी क्लव अफ तुलसिपुर सिटिले गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीलाइ स्वास्थ सामग्री हस्तान्तरण गरेकाे हाे ।

पिपिई २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान, साबुन १ सय ४४ थान स्वास्थ्य सामग्री पालिकाका अध्यक्ष चाैधरी लाई हस्तान्तरण गरेकाे हाे । अध्यक्ष चाैधरीले स्थानीय तहलाई विभिन्न सङ्घसस्थाले सबै तहबाट सहयाेग गरेकाले स्थानीय तहलाई सहज भएको भन्दै सहयाेगि हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । राेटरी क्लव अफ तुलसीपुर सिटिका अध्यक्ष देव बहादुर केसिले महामारीको रुपमा फैलिएको काेराेना राेकथाम गर्नका लागि सघसस्थाहरु पनि जिम्मेवार भएर लाग्नुपर्छ भन्ने उदेश्यले स्थानिय तहलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री प्रदान गरेर क्लवले सहयाेगकाे कार्यक्रम लाई अगाडि बढाएकाे बताए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित