टेक्सास थारु समाज अमेरिकाको प्रेस संयोजकमा दहित

टेक्सास थारु समाज अमेरिकाले सन्तोष दहितलाई प्रेस संयोजकमा मनोनयन गरेको छ ।

समाजका अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकले दहितलाई प्रेस संयोजकमा मनोनयन गरिएको समाजका महासचिव नेत्रसागर चौधरीले जानकारी दिए ।

दहित थारु पत्रकार संघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष हुन् । उनि थारु भाषाको पत्रिका लौव अग्रसासन साप्ताहिक र अग्रसान खबरका सम्पादक समेत हुन । अहिले उनि हिमाल खबरमा रिर्पाेटरको रुपमा पनि काम गर्दै आएकाछन् । समाजको बैठक आइतबार टेसक्सासमा बसेको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित