जेठ २० गतेसम्म लकडाउन, थप १५ दिन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


काठमाडौं, ४ जेठ । सरकारले १५ दिन थप गरेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यस अघि थपिएको लकाडउनको अवधि सोमबार सकिदैथियो ।

कोरोना भाइरस (कोभिड-१९) बाट बच्नका लागि नेपाल सरकारले चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । यदपी लकडाउनकाे बाबजुद पनि यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित