थारु राष्ट्रिय साहित्य सम्मेलन सुर्खेतमा हुने

घोराही, ५ चैत । थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ । थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यिक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेत लगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो ।

यहि चैत २१ र २२ गते राष्ट्रियस्तरकै साहित्यक सम्मेलन आयोजना गरिएको थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल आयोजक समितिका संयोजक एंव थारु लेखक संघका केन्द्रीय संयोजक कृष्णराज सर्वहारीले बताए । उनका अनुसार पहिलो थारू साहित्यिक मेला २०७३ मा दाङको घोराही भएकोथियो । त्यसयता निरन्तर साहित्यिक मेला हुदै आएको भएपनि गत वर्ष कोभिड–१९ को कारणले हुन नसकेको सर्वहारी बताए ।

थारू भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने छ । थारू राष्ट्रिय साहित्यिक सम्मेलनको मूल आयोजक समितिका सदस्यका अनुसार थारु लोककला र सोन्दर्यबोध, निमाङ थारु लेखनशैली, थारु गीतको बाटो कता ?, बाल साहित्य कसरी लेख्ने लगायत विषयम छलफल हुने छ । त्यसैगरि थारु पहिचानको सवावलहरु, सुर्खेतमा थारु पहिचान, थारु भाषाको कविता वाचन, गैर थारु साहित्यकारको नजरमा थारु साहित्य, लोकसाहित्यको अवस र सम्भावना लगायत विषयमा बृहत छलफ गर्ने कार्यक्रम रहेको डेमनडौराले बताए दिए । यसैगरि साहित्यिक सम्मेलनमा यो वर्षमा प्रकाशन भएका दर्जन भन्दा वढि पुस्तकको विमोचन गर्ने र थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा विक्रिवितरणको लागि स्टलहरु राखिने उनले जानकारी दिए ।

दुइदिनसम्म चल्ने साहित्य सम्मेलनमा विशेष वक्ताको रुपमा आख्यानकार महेशविक्रम शाह, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद थारु, मातृभाषा साहित्य विभागका प्राज्ञ लक्ष्मी माली, भाषा विभाग प्रा.डा. प्राज्ञ योगेन्द्र यादव, बालसाहित्य तथा लोकसाहित्य विभागका प्राज्ञ देवी नेपाल लगायतको सहभागिता रहने मुल आयोजक समितिको संयोजक सर्वहारीले जानकारी दिए । त्यसैगरी सम्मेलनमा देशभरिका करिब दुइ सय भन्दा वढि स्रष्टाहरुको सहभागिता रहने सम्मेलन व्यवस्थापन समितिका संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार थारु बाहुल्य रहेका तराइका सवै जिल्लाका थारु साहित्यकार, लेखक, पत्रकारको सहभागिता रहने छ । यो मेलालाई अन्तराष्ट्रिय स्तरको रुपमा बनाउनको लागि भारतमा बसोबास गर्ने थारुहरुलाई पनि बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।


सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित