कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा तेजुलाल र उमाकान्तको प्रतिस्पर्धा

 

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नामावली अनुसार थारु कोटाबाट २ थारुबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिमा शेरबहादुर देउवाको प्यानलबाट उमामान्त चौधरी र डा. शेखर कोइरालाको प्यानलबाट तेजुलाल चौधरीको उम्मेदवारी परेको छ । उपसभापतिमा थारु समुदायबाट विजय कुमार गछदारको मात्र उम्मेद्वारी परेको छ । तर उनले अन्य पाँचजना संग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

यसैगरि केन्द्रीय खुला सदस्यमा सदस्यमा डा. गोपाल दहित, पद्यनारायण चौधरी, थारु कोटाबाट दुइसिटको लागि योगेन्द्र चौधरी, रामजनम चौधरी, पार्वति डिसी चौधरी, यज्ञराज चौधरी, बद्री नारायाण चौधरी, साजन कुमार महतो, भोटननी देवी खवास रहेका छन् । त्यसैगरि थारु महिला सदस्यकोटामा दुइसिटका लागि कल्पना चौधरी, जीवन राना, टिका कुमारी चौधरी, नमिता कुमारी चौधरी र नवोदिता चौधरी रहेकाछन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित