थारु समुदायका महिलाहरुले यसरी मनाए अष्टिम्की (फोटो फिचर सहित)

घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् ।

कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने यो पर्व थारु समुदायका महिलाहरुले विशेष रुपमा मान्दै आएकाछन् ।

अष्टिम्कीमा थारु समुदायले महटावाको घरमा बैठक कोठका उत्तर भागमा श्रीकृष्ण ‘कान्हा’ भगवानको भित्ते चित्र लगायत विभिन्न जीवजन्तु तथा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर लगायत चित्र बनाएर बेलुका पख दीप प्रज्वलन सेंदुर टिका र जलले पूजा अर्चना गर्ने गर्दछन् । (हेर्नुस् तस्विरहरु)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित