दाङको आठ पालिकामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ

नेकपा एमालेको जंनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल दाङले दश पालिका मध्ये आठ पालिकामा एकैसाथ पालिका स्तरीय भेला सम्पन्न गरको छ । सोमबार एकैसाथ भएको पालिका स्तरको भेलाले पालिका स्तरीय कमिटि गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष खोपिराम चौधरीले जानकारी दिए ।

उनकाअनुसार भेलाबाट घोराही उपमहानगरपालिका रामलौटन चौधरी अध्यक्ष र खिमबहादुर घर्ति सचिव, तुलसीपुर उपमहानगरपालिकामा कमल घर्ति अध्यक्ष र सचिवमा गणेश चौधरी, दंगीशरण गाउँपालिकामा राजन घर्ति अध्यक्ष र हिरा चौधरी सचिव रहेको कमिटि गठन गरिएको छ । त्यसैगरि शान्तिनगर गाउँपालिकामा घनश्याम वुढा अध्यक्ष र मानवहादुर चौधरी सचिव, बबइ गाउँपालिकामा मानवहादुर बंसी अध्यक्ष र हुकुम बहादुर म्याक्सी सचिव, लमही नगरपालिकामा जगनारायण चौधरी अध्यक्ष र सचिव देवमणि चौधरी, गढवा गाउँपालिकामा श्याम चौधरी अध्यक्ष र बुद्धिराम चौधरी सचिव रहेको कमिटि गठन गरिएको हो ।

एकैसाथ दशवटै पालिकामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल भेला तथा पालिका स्तरीय कमिटि गठन गर्ने लक्ष्य भएता पनि विविध कारणले बंगलाचुलि गाउँपालिका र राजपुर गाउँपालिकामा भेला गर्न नसिकएको महासंघका अध्यक्ष चौधरीले बताए । उनका अनुसार केहिदिनमा बंगलाचुली र राजपुर गाउँपालिकामा महसंघको भेला हुने उनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित