मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने


घोराही, २ भदौं । दाङको बेलझुण्डीमा मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । यहि भदौ ५ गतेदेखि १२ गतेसम्म हुने लिग फुटबल लिग प्रतियोगितको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ ।

सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको प्रदेश लिग संचालक समितिका संयोजक भुपेन्द्र विक्रम थापाले जानकारी दिए । उनका अनुसार नेपाल फुटबल संघ एन्फाको आयोजनाम हुन लागेको मुख्यमन्त्री फुटबल प्रतियोगिताम दाङ, बाँके, बर्दिया, रुपेन्देही र नवलपरासी गरि ६ जिल्लाको सहभागिता रहने छ ।


प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख सहित कप र उपविजेतालाई १ लाख पुरस्कार सहित कपको व्यवस्था गरिएको संयोजक थापाले जानकारी दिए । यसैगरि प्रतियोगिताको उद्घाटन प्रदेशको सामाजिक विकास मन्त्री सुर्दशन बरालबाट हुने आयोजकले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित