माओवादीको महाधिवेशनबाट १२ थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

 

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ थारु नेता केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकाछन् । ३ जना खुलाबाट र ९ जना थारु कोटा तर्फबाट गरेर १२ जना थारु नेता केन्द्रीय सदस्यमा निर्वाचित भएको माओवादी केन्द्रका प्रभावशाली नेता एवं लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा खुलातर्फबाट इन्द्रजीत थारु, विरमान चौधरी र नेपबहादुर चौधरी रहेकाछन् । त्यसैगरि थारु कोटा पुरुष तर्फबाट सन्तकुमार चौधरी, हरिनारायण चौधरी, अमनलाल मोदी, र देविलाल चौधरी रहेकाछन् । त्यसैगरि महिला थारु कोटा तर्फबाट रामकुमारी चौधरी, रुपा चौधरी, अन्जना चौधरी, मन्जु चौधरी र कृष्णा चौधरी रहेकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित