थारु पत्रकार संघलाई प्रेस ज्याकेट सहयोग

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले थारु पत्रकार संघलाई प्रेस ज्याकेट सहयोग गरेकी छिन्।

चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर विपद्को समयमा फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरूलाई प्रेस ज्याकेट सहयोग गरेकी हुन्। चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग घोषणा गरेको ज्याकेट आइतवार एक कार्यक्रमको आयोजना गरि थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितलाई १५ हजार मूल्य बराबरको ५० पिस प्रेस ज्याकेट हस्तान्तरण गरेकी हुन्।

प्रेस ज्याकेट हस्तान्तरण गर्दै चौधरीले विप्दको समयमा फ्रन्टलाइनमा खटेर काम गर्ने सञ्चारकर्मीहरुलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन्। ‘मैले आफ्नो केहीदिन पहिले परेको जन्मदिनका अवसरमा प्रेस ज्याकेट सहयोग गर्ने प्रतिवद्धता गरेको थिए,’ केन्द्रकी अध्यक्ष चौधरीले भनिन्, ‘प्रेस ज्याकेट बाहिरबाट मगाउँदा ढिलाई भएको थियो। आइपुगेपछि आज हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ।’उनले सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताएकी थिइन्।  

थारु पत्रकार संघका केन्दीय अध्यक्ष सन्तोष दहितले कोरोना भाइरसको संकटको समयमा पत्रकारलाई प्रेस ज्याकेट सहयोग गरेकामा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्षलाई धन्यावाद दिएका थिए। 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित