थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् ।
आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ सदस्यका हैसियतले सुवोधलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो ।
कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएसंगै सुवोधसिंह थारुले चैत ७ गते पदभार ग्रहण गरेका छन् । बाँके, नेपालगन्जका उनी २०७७ साल माघ २१ गते आयोगको सदस्यमा नियुक्त भएका थिए ।