एमाले संसदीय दलकी सचेतक चौधरी अमेरिका प्रस्थान

नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधवार राति अमेरिका प्रस्थान गरेकी छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रमा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचेतक चौधरीको सचिवालयको अनुसार अमेरिकाको वोस्टन शहरमा जुन १७ देखि १९ सम्म हुने प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशनमा कार्यक्रममा चौधरीको विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी अमेरिकामा नेपालीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा समेत चौधरीको सहभागिता हुने बताएको छ ।

नेकपा एमालेकी पोलिट व्यूरो सदस्य समेत रहेकी चौधरीको अमेरिकामा करिव १५ दिन बसाइ रहने उनको सचिवालयले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित