लुम्बिनी सरकारले माघ मनाउने, माघ २ गते प्रदेशभर सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले माघ मनाउने भएको छ । राप्ती उपत्यकास्थित देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको परिसरमा माघको अवसरमा माघ २ गते माघ महोत्सव आयोजना गरी महोत्सव मनाउन लागेको हो ।

शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले गत सरकारले गर्दै आएको नियमित कार्यक्रमलाई यसवर्षपनि माघ २ गते माघ महोत्सव मनाउने निर्णय भएको सरकार प्रवक्ता चेतनारायण आचार्यले बताए । विनाभागिय मन्त्रीद्धय चेतनारायण आचार्य, कृष्णा केसी र प्रदेशका सचिवहरु समेतको उपस्थितिमा बसेको बैठकले माघ महोत्सव थारु, मगर, गुरुङ र नेवार समुदायको विशेष साँस्कृतिक झल्किने साँस्कृतिक प्रर्दशन र उत्कृष्ट झाँकीलाई पुरस्कृत समेत गरिने निर्णय भएको उनले बताए ।

उनका अनुसार स्थानीय तहसंग समन्वय गरेर २२ थारु र मगर, ११ वटा गुरुङ र नेवार झाँकी प्रर्दशनी गर्ने र झाँकी प्रदर्शन गर्नेलाई यातायात बापत २०२० हजार उपलब्ध गराउने निर्णय भएको छ । यस्तै माघ १ गते योग दिवस र माघ २ गते भूकम्प सुरक्षा दिवस समेत मनाउने निर्णय भएको सरकारका प्रवक्ता आचार्यले बताए ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले माघ पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव सीता घिमिरेले सार्वजनिक विदा सम्वन्धि सूचना प्रकाशित गरेर माघ २ गते प्रदेशभर सार्वजनिक विदा भएको जानकारी गराएकीछन । यो निर्णयसँगै लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित