मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालय घोराहीको प्रधानाध्यापकमा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा महाशाखाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।
यसअघिका प्रधानाध्यापक ममता खत्रीले स्वच्छिक अवकास लिएपछि विद्यालयको प्रधानाध्यापकको पदमा विद्यालय व्यवस्थापन समितिले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लामोसमय देखि शिक्षण पेशामा आवद्ध रहेका पौडेल यस अघि आधारभुत चाक्लिघाटको प्रधानाध्यापक हुनुहुन्थ्यो । प्रधानाध्यापक पदको नियुक्त पछि पदभार ग्रहण गर्दै पौडेलले मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालयलाई जिल्लाको नमूना विद्यालय बनाउनको लागि सवै सरोकारवाला तथा सम्वन्धित समुदायसंग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यसैविच विद्यालयको सहायक प्रधानाध्यापकमा मोहम्मद शमीमलाई जिम्मेवारी दिइएको छ ।
उहाँले मदरसा दारुल हुदा अल सलफिया माध्यमिक विद्यालयमा अहिले २०५ जना विद्यार्थी रहेको जानकारी दिनुभयो । यसैविच विद्यालयको निवर्तमान प्रधानाध्यापक खत्रीलाई एक कार्यक्रम गरेर विदाई गरिएकोथियो ।