मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पौडेल

मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालय घोराहीको प्रधानाध्यापकमा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा महाशाखाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।

यसअघिका प्रधानाध्यापक ममता खत्रीले स्वच्छिक अवकास लिएपछि विद्यालयको प्रधानाध्यापकको पदमा विद्यालय व्यवस्थापन समितिले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

लामोसमय देखि शिक्षण पेशामा आवद्ध रहेका पौडेल यस अघि आधारभुत चाक्लिघाटको प्रधानाध्यापक हुनुहुन्थ्यो । प्रधानाध्यापक पदको नियुक्त पछि पदभार ग्रहण गर्दै पौडेलले मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालयलाई जिल्लाको नमूना विद्यालय बनाउनको लागि सवै सरोकारवाला तथा सम्वन्धित समुदायसंग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यसैविच विद्यालयको सहायक प्रधानाध्यापकमा मोहम्मद शमीमलाई जिम्मेवारी दिइएको छ ।

उहाँले मदरसा दारुल हुदा अल सलफिया माध्यमिक विद्यालयमा अहिले २०५ जना विद्यार्थी रहेको जानकारी दिनुभयो । यसैविच विद्यालयको निवर्तमान प्रधानाध्यापक खत्रीलाई एक कार्यक्रम गरेर विदाई गरिएकोथियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित