घोराहीको कृत्रिम चेपे जलाशयम डुङ्गा सरर…(फोटो फिचरसहित)


घोराही, २० साउन । घोराही उपमहनगरपालिका वडा नं. १ र २ वडाको विचमा रहेको कृत्रिम चेपे जलाशयमा मंगलबार डुङ्गा परिक्षण गरिएको छ ।


नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, घोरही १ वडाका वडा अध्यक्ष राममणि पाण्डेयले जलाशयमा बोटिङ सयर गरेर परिक्षण गरेकाथिए ।


करिब साढे सात विघा क्षेत्रफलमा रहेका जलासयमा उपमहानगरपालिकाका नगरप्रमुखका सल्लाहकार अरुण आचार्य, प्रेस सल्लाहकार निमु संगम, उपमहनगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव सन्तोष दहित, गणतन्त्र दैनिकका पाण्डव शर्मा लगायत स्थानीय नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

जलाशयमा डुङ्गा परिक्षणपछि दंगीशरण खवरसंग कुरागर्दै नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले डुङ्गा परिक्षण उत्साहजनक भएको वताइन् । यो ठाउँ निकै रमणिय र पर्यटीकको हिसावले सुन्दर रहेको बताउदै यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गरि समृद्ध नगर बनाउन आवश्यक रहेको बताइन् । त्यसैगरि सोचेको भन्दा सफल भएको बताउदै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले अबको केहिदिनमा औपचारिक रुपमा उद्घाटन गरेर दैनिक रुपमा डुङ्गा संचालनमा ल्याउने जानकारी दिए ।

यसैगरि डुङ्गा संचालनको लागी व्यवस्थान समिति निर्माण गर्ने र डुङ्गा सयरको लागि न्यूनतम शुल्क समेत निर्धारण गरिने उनले बताए । शुल्कको हकमा स्थानीय र बाहिरबाट आउनेलाई केहि फरक हुने शुल्क रहने चौधरीले जानकारीदिए । डुङ्गा परिक्षणको दिन भएका केहि तस्विरका झलकहरु हेर्नुहोस् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित