घोराहीको कृत्रिम चेपे जलाशयम डुङ्गा सरर…(फोटो फिचरसहित)


घोराही, २० साउन । घोराही उपमहनगरपालिका वडा नं. १ र २ वडाको विचमा रहेको कृत्रिम चेपे जलाशयमा मंगलबार डुङ्गा परिक्षण गरिएको छ ।


नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, घोरही १ वडाका वडा अध्यक्ष राममणि पाण्डेयले जलाशयमा बोटिङ सयर गरेर परिक्षण गरेकाथिए ।


करिब साढे सात विघा क्षेत्रफलमा रहेका जलासयमा उपमहानगरपालिकाका नगरप्रमुखका सल्लाहकार अरुण आचार्य, प्रेस सल्लाहकार निमु संगम, उपमहनगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव सन्तोष दहित, गणतन्त्र दैनिकका पाण्डव शर्मा लगायत स्थानीय नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

जलाशयमा डुङ्गा परिक्षणपछि दंगीशरण खवरसंग कुरागर्दै नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले डुङ्गा परिक्षण उत्साहजनक भएको वताइन् । यो ठाउँ निकै रमणिय र पर्यटीकको हिसावले सुन्दर रहेको बताउदै यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गरि समृद्ध नगर बनाउन आवश्यक रहेको बताइन् । त्यसैगरि सोचेको भन्दा सफल भएको बताउदै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले अबको केहिदिनमा औपचारिक रुपमा उद्घाटन गरेर दैनिक रुपमा डुङ्गा संचालनमा ल्याउने जानकारी दिए ।

यसैगरि डुङ्गा संचालनको लागी व्यवस्थान समिति निर्माण गर्ने र डुङ्गा सयरको लागि न्यूनतम शुल्क समेत निर्धारण गरिने उनले बताए । शुल्कको हकमा स्थानीय र बाहिरबाट आउनेलाई केहि फरक हुने शुल्क रहने चौधरीले जानकारीदिए । डुङ्गा परिक्षणको दिन भएका केहि तस्विरका झलकहरु हेर्नुहोस् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित