दंगीशरणमा रक्तदान


प्रकाश डाँगी

दंगीशरण, ३१ साउन । दंगिशरण गाँउपालिका ४ बैबाङमा रहेको सृजनशील युवा क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको कारणले जिल्लामा समेत रगतको अभाव हुनथालेपछि रगत अभाव हुननदिनको लागि क्लवले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको गरेको क्लबका अध्यक्ष जेनिस कवँर मगरले बताए ।

क्लवका अध्यक्ष जेनिश कवर मगरको अध्यक्षता तथा दंगिशरण गाँउपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष चौधरीले समाजमा रहेका युवाहरुले सृजनसिल कार्यगरि अघि बढे समाज रुपान्तरमा मद्दत पुग्ने वताउदै स्थानिय ठाउमा रहेर पनि सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा रगत अभाव हुदा रक्तदान जस्तो मह्त्व पुर्ण कार्यक्रमको आयोजना गरी कसैको जिवन बचाउन खेलेको भुमिका प्रति उच्च प्रशंसा समेत गरे । कोरोना महामारी पछि अधिकांस युवाहरु समुदायमा रहेकोले यो वेला कोरोना संक्रमण समुदाय स्तरमा फैलन नदिन सचेत युवाहरुको मह्त्वपुर्ण भुमिका रहने भएकोले क्लवमा आवद्ध युवाहरुले त्यो तर्फ पनि ध्यान दिन उनले आग्रह गरेकाथिए ।

यसैगरि दंगीशरण गाँउपालिका ४ नं वार्डका अध्यक्ष नेप बहादुर कवरले समाजमा सकारात्मक काम संगै समुदायको नेतृत्व गर्न अव युवाहरुको भुमिका मह्त्वपुर्ण रहने भन्दै क्लवमा आवद्ध युवाहरु सबैको उदाहरण बन्न सक्नु पर्ने वताए । त्यस अवसरमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख कमल थापाले समुदाय परीवर्तन संगै समुदायमा हुने नकारात्मक गतिबिधिहरु समेत निरुत्साहित गर्न युवा क्लवहरुको मह्त्व पुर्ण भुमिका रहने भएको हुदा त्यो अनुसार अघि बढ्न क्लवमा आबद्ध पदाधिकारीहरुलाई आग्रह गर्दै प्रहरी समेत युवाहरुको सकारात्मक कामको लागि सधै साथमा रहेको वताए ।

शनिवार हेकुली स्वास्थ्य केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जना युवाहरुले रक्तदान गरेका थिए । उक्त अवसरमा रक्तदान गर्नेहरुमा अनन्त चौधरी, जेनिस कवर ,देबेन्द्र कुमार थापा,प्रेम प्रकाश वली,टिकाराम रावत,बिबेक थापा,घनश्याम वली,बिपिन श्रेस्ठ,मनोज चौधरी,दिनेश चौधरी,भिम बहादुर वली, रेशम वली, बिशाल केसी, जगत चौधरी लगाएतका युवाहरुले रक्तदान गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित