खाद्य सम्प्रभुता ऐन कार्यान्वयनको लागि लुम्विनी प्रदेश सरकारलाई ज्ञापन पत्र

लुम्विनी प्रदेश सरकारका मुख्य सचिव डा. दिपक काफ्लेलाई ज्ञापन पत्र बुझाउदै अधिकारकर्मीहरु ।

बुटवल, २४ भदौ । खाद्य सुरक्षा परिषद गठन तथा खाद्य सम्प्रभुता ऐन २०७५ कार्यान्वयनका लागि फियान नेपाल र खाद्य अधिकार संजालले लुम्विनी प्रदेश सरकारलाई  ज्ञापन पत्र बुझाएको छ ।

फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहको नेतृत्वमा लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्मा, लुम्विनी प्रदेशका मुख्य सचिव डा. दीपक काफ्ले र भूमि व्यवस्था तथा कृषि मन्त्रालयका निमित्त सचिव अनिल मरासिनीलाई छुट्टा छुट्टै भेट गरेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री शर्मा र मुख्य सचिव काफ्ले खाद्य सुरक्षा परिषद गठन तथा खाद्य सम्प्रभुता ऐन २०७५ कार्यान्वयनका लागि पहल गर्ने बताएकाथिए । ज्ञापन पत्र बुझाउनेमा लुम्विनी प्रदेशका सदस्य आइपी खरेल, फियान नेपाल लुम्विनी प्रदेशका संयोजक सुरेशकुमार गौतम, खाद्य अधिकार सञ्जाल दाङका महासचिव मौसम आचार्य, सचिव सन्तोष दहितको समेत सहभागिता रहेकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित