माघ महोत्सवमा दर्जनौं थारू नाच

घोराही, १६ पुस।
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघको अवसरमा  यहि पुस २५ देखि २८ गतेसम्म हुने माघ महोत्सवको व्यापक चहलपहल सुरु भएको छ । हरेक वर्ष गरिदै आइरहेको माघ महोत्सवका लागि यस वर्ष पनि थारु समुदाय उत्साहित छन् । गाउँ—गाउँमा मघौटा  नाचको चहलपहल सुरु भएको छ ।
यहि पौष २५ देखि २८ गतेसम्म हुने माघ महोत्सवमा थारु नाचले धमाका मच्चाउने बताइएको छ । महोत्सवमा थारु समुदायको ढोलाहा नाच, छोक्रा नाच, मघौटा नाच, हुरडुङग्या नाच, महोट्या नाच, भोजाहा नाच, झुम्रा नाच, डेल्वा नाच, कटघोरी नाच, आधुनिक नाच लगायतका नाच प्रस्तुत गरिने महोत्सव मूल आयोजक समितीका प्रवक्ता प्रकाश चौधरीले जानकारी दिए। यी सम्पूर्ण नाच प्रर्दशनका लागि गाउँ—गाउँमा तयारी सुरु गरिएको छ ।

दाङका १० वटै स्थानीय तहबाट महोत्सवमा थारु नाच प्रस्तुत गरिने थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं माघ महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए । त्यस्तै सो महोत्सवमा थारु परिकारका (घोङगी, ढिक्रि, मार, जाँर), संस्कृति परम्परासंग जोडिएका थारु समुदायका सामाग्रीहरु, थारु ड्रेस, लगायतका सामाग्रीहरु प्रर्दशनमा राखिने भएको छ । यसको लागि आयोजकले विभिन्न उपसमिति गठन गरि महोत्सवलाई सफल पार्न सरोकारवाला निकायसंग साझेदारी गरिरहेको जनाएको छ ।
माघ महोत्सवको आयोजना थारु कल्याणकारिणी सभाले गर्दै छ भने सहआयोजकमा थारु पत्रकार संघ, राष्ट्रिय थारु कलाकार मञ्च, थारु विद्यार्थी समाज, ख्याल बगाल, हरचाली समुह, महटाँवा महासंघ, ग्रामीण महिला उत्थान केन्द्र, बेस, नवि बचत तथा क्रृण सहकारी संस्था लगायत रहेका छन् । यस महोत्सवका लागि घोराही उपमहानगरपालिकाको विषेश सहयोग तथा अन्य नगर/गाउँपालिकाको सहयोग रहेको छ ।
त्यस्तै माघ महोत्सवमा दाङका स्थानिय कलाकारहरुको पनि दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । गायकहरु प्रकाश प्रिय कुसुम्या, रोशन रत्गैयाँ, शालिकराम चौधरी, लक्ष्मिमान चौधरी, माधव चौधरी, समिक्षा चौधरी, दोषहरण चौधरी, बसन्ती चौधरी, राजेन्द्र चौधरी, रिता चौधरी, रचना चौधरी लगायतले माघ महोत्सवमा प्रस्तुति दिने छन् । माघ महोत्सवलाई भव्य रुपमा सफल पार्न आयोजक संस्थाले सबैसंग सहयोगको अपिल गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित