मिडियामा पहुँच बढाउन दाङका थारु युवालाई पत्रकारिता तालिम

मिडियामा पहुँच बढाउनका लागि दाङका थारु युवालाई चार दिने आधारभुत पत्रकारिता तालिमको शुरु गरिएको छ । मिडियामा थारु समुदायको पहुचँ तथा पूर्ण समावेशी सञ्चारको लक्ष्यलाइ सार्थक बनाउनको लागि थारु पत्रकार संघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरको सहयोगमा घोराहीमा चार दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको हो ।

तालिम उद्घाटन गर्दै नगरप्रमुख नरुलाल चौधरीले थारु समुदायका युवाहरु पढेलेखेका भए पनि पढाई पश्चात कुन क्षेत्र रोज्ने भन्नेमा अन्यौलता रहेको हुँदा समुदायको उत्थानका लागि पत्रकारिताको आधारभुत ज्ञान हासिल गर्न सकेमा यसले धेरै फाईदा पुग्ने बताए । सकारात्मक सोँचका साथ जिम्मेवार नागरिकका रुपमा काम गर्ने वातावरण बनाउन पत्रकारिताको माध्यमबाट गर्न थालिएको प्रयासले सार्थकता पाउने उनले बताएकाथिए ।

यस्तै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारितामा अवसर रहेकाले यसलाई अवसरका रुपमा लिएर पत्रकारिताको सिद्धान्तलाई आत्मसात गरेर मर्यादित पत्रकारितामा जोडिन पर्ने बताएकाथिए । जसको सवाल हो, उहीँ समुदायको प्रतिनिधित्व हुने गरि गर्न थालिएको पत्रकारिता तालिमले व्यक्तित्व र नेतृत्व विकासको अवसरका रुपमा लिन उनको सुझाव थियो ।

थारु युवाहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिन तथा थारु समुदायको उत्थानमा पत्रकारिताका माध्यमबाट मिडियामा पहुँच बढाउन तालिम दिन थालिएको हो । थारु समुदायमा रहेको पछौटेन अन्त्य गर्दै सचेतना फैलाउने उद्देश्य पूरा गर्न थारु समुदायका युवाहरुलाई आधारभुत पत्रकारिता तालिम दिन थालिएको संघका अध्यक्ष नविन चौधरीले बताए ।

थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, थारु पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, थारु कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरी, प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए ।

कार्य समिति सदस्य विष्णु कुसुमको स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन समारोहको सहजीकरण कल्पना चौधरीले गरेकिथिइन । तालिममा ४० जना थारु युवाहरुको सहभागिता रहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित