अक्सिजन प्लान्टलागि गोरखा सेकेन्डरी स्कूलद्धारा डेढलाख सहयोग

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई चेक हस्तान्तरण गर्दै स्कुल व्यबस्थापन समितिका पदाधिकारीहरु

गोरखा ग्रुप द्वारा संचालित गोरखा सेकेन्डरी स्कूल तुलसीपुरले अक्सिजन प्लान्ट निर्माण र व्यबस्थापनकालागि मेट्रो अस्पताल तुलसीपुरलाई डेढ लाख बढि आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल तुलसीपुरलाई अक्सिजन सहितको ५० वेडको आइसोलेशन सेन्टर स्थापना गरेर हालैमात्र संचालनमा ल्याएको छ ।

एकलाख २५ हजार अक्सिजन प्लान्ट निर्माणकालागि र २६ हजार तत्काल अक्सिजन रिफिलको लागि जम्मा १ लाख ५१ हजारको चेक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई प्रदान गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा स्कुल व्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जीसी, गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा बहादुर केसी, प्रिन्सीपल विजय जीएम, सल्लाहकार विमल रिजाल, विज्ञान संयोजक विष्णु भण्डारी, व्यबस्थापन शंकाय संयोजक डम्बर डाँगी, बामदेव सापकोटा, दिलप्रसाद रोकालगायतको सहभागितामा रहेकोथियो ।

सोहिक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले हरेक क्षेत्रबाट आएको सहयोगले नै अस्पताल सञ्चालनमा थप सहयोग पुगेको बताउदै सहयोग प्राप्त भएको रकम तथा सामग्रीहरुलाई सही सदुपयोग गर्ने बताएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित