कोभिड-१९ महामारी र त्यसपछिको व्यवस्थापनमा केन्द्रीत भएर सरकार अघि वढेको छ : मुख्यमन्त्री पोख्रेल

बुटवल, १६ जेठ । मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताएकाछन् । उनले प्रदेश सरकारको आगामी वर्षको बजेट यहि विषयमा केन्द्रित हुने गरी आउने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको बताएका थिए ।

‘हाम्रो नीति अनुसार केन्द्रको बजेट आएकोछ ,तसर्थ हामी ठीक ठाउँमा छौं, उनले भने -‘कोभिड—१९ को नियन्त्रण र उपचारका लागि अहिले सरकारको ध्यान केन्द्रीत भएको छ ।’ सरकारले प्रयाप्त काम र तयारी गर्दागर्दै भारतीय सुरक्षा निकायको कमजोर व्यवस्थापनले ठूलो संख्यामा सीमापारीबाट नागरिक आएकाले व्यवस्थापनमा अप्ठारो परेको मुख्यमन्त्री पोखरेलले बताए । ‘यो परिस्थितिजन्य जटिलता हो,केही दिन समस्या भएपनि अहिले व्यवस्थापन मिलाइएको छ—उनले भने,-कोभिड—१९ ले प्रदेश सरकारको औचित्य स्थापित गरेको छ ।’ अहिले हामी जे गरिरहेका छौं,त्यो प्रयाप्त नहुनसक्छ, तर जति भएको छ, सक्रिय भूमिकाले भएको छ, अझै धेरै काम हुनुपर्छ भन्ने अपेक्षा राख्नु स्वाभाविक हो मुख्यमन्त्री पोख्रेलले भने ।

महामारी नियन्त्रण गर्न शक्तिशाली राष्ट्रले समेत घुडा टेकिरहेको अवस्थामा महामारी नियन्त्रण गर्न सक्रिय भएर लागेको बताउदै मुख्यमन्त्री पोख्रेलले भने, हाम्रो सामथ्र्य अझै बढाउनुपर्छ, कमजोर स्वास्थ्य पूर्वाधार सुधार गर्न पहिलेदेखि नै ध्यान दिनुपर्दथ्यो, हामी स्वास्थ्य पूर्वाधार बढाउन ध्यान दिइरहेका छौं । लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने गरी काम भइहरेको र जिल्ला अस्पतालको सेवा प्रदेश सरकार स्थापना पछि सुधार भएको समेत जानकारी दिए । उनका अनुसार अहिले जिल्ला अस्पताललाई कम्तिमा ५० शैयाको हुने गरी विस्तार गर्न लागिएको छ ।

छोटो समयमै दाङ, बाँके, बुटवल र भैरहवामा कोरोना विशेष अस्पताल स्थापना गरेर कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको र जिल्ला जिल्लामा आइसोलेसन केन्द्र बन्दै गरेको बताउदै मुख्यमन्त्री पोख्रलले प्रदेशमा अहिले तीन वटा प्रयोगशालामा सञ्चालन भएको र ती प्रयोगशालाको क्षमता विस्तार गर्न लागेको उहाँले जानकारी दिए ।

त्यसैगरि अहिलेसम्म संक्रमित अधिकांश भारतबाट आएका भएको र केही व्यवस्थापनमा खटेका भएको बताउँदै उनले अझै समुदायमा फैलिइनसकेको स्पष्ट पारे । कोभिड—१९ को नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय पालिकाले मात्रै गर्ने नभई सबै मिलेर लाग्नुपर्ने कुरामा जोड दिएकाे मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरवादुर केसीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित