प्रदेश ५ सरकारद्धारा थारु समुदायको अट्वारीमा भदौ ७ गते सार्वजनिक विदा

घोराही, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिएकाे छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी गराएकाे हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव माधवराज मरासिनीले सूचना जारी गर्दै थारु समुदायको बड्का अट्वारी भदौ ७ गते परेकोले सोहि दिन सम्वन्धित समुदायलाई सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । प्रदेश सरकार (मन्त्रीपरिषदक) काे २०७७ वैशाख १० गतेकाे निर्णय अनुसार दाङ, बाँके, वर्दिया जिल्लामा सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिएको उनले जानकारी दिए ।

हरेक वर्ष श्रीकृष्ण जन्मअष्टमी अर्थात अष्टिम्की पछिको दुइ आइतबार वा कुशे औशीपछिको पहिलो आइतबार अट्वारी मनाउदै आएकोले थारू समुदायले यस बर्षको अट्वारी भदाैं ७ गते मनाउन लागेका हुन । यसैविच थारु समुदायको अट्वारीमा सार्वजनिक विदा दिएको भन्दै थारु संघसस्थाहरुले प्रदेश सरकारलाई धन्यवाद दिएकाछन् ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, लौव अग्रासन साप्ताकिका प्रधान सम्पादक केवि चौधरी, ख्याल बगालका अध्यक्ष सवि थारु, थारु पत्रकार सघं दाङका अध्यक्ष नविन चौधरी लगायतले प्रदेश सरकारलाई धन्यवाद दिएका हुन् । संघीय लोकतन्त्र गणतन्त्र स्थापना पछि आदीवासी जनजाति तथा सिमान्तकृत समुदायको कला, संस्कृति तथा चाड पर्वलाई सम्मान गर्दै राज्यले सम्वन्धित समुदायलाई सार्वजनिक विदा दिदै आएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित