नेकपा सचेतक चौधरीद्धारा सरकारलाई शुभकामना

काठमाण्डौ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नेकपाको नेतृत्वमा गठन भएको सरकारको दुइ बर्ष अवधि पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो फेसवुकको वालमा लेख्दै भन्नुभएको छ,-‘आज सरकारले दुइ वर्षको अबधि पुरा गरेको छ, देशले स्थायित्वको महसुस गरेको छ, खिचातानीको अन्त्य भएको छ ।’

चौधरीले नेकपाको सरकारले देशलाइ परनिर्भरताबाट मुक्त गर्ने खाका तयार गरेर ठुला ठुला आयोजनाहरुले आकार ग्रहण गरेको समेत दाबी गर्नुभएको छ । त्यसैगरि उहाँले नेकपाको नेतृत्वमा बनेको सरकारले भ्रस्टचारीहरुलाई कठघारामा उभ्याएसंगै देशमा सुशासन कायम गरेको बताउनुभएको छ ।

अहिलेको सरकारले चीनतिर ऐतिहाँसिक पारबहन सम्झौता गरेसंगै देशले सुम्पेको आर्थिक क्रान्ति गर्ने जिम्मेबारी समेत पुरा गरिरहेको र आम जनताको विश्वास जितेको दाबी गर्नुभएको छ । ‘आगामदिनमा अझ देशको समृद्धिको लागि बहुआयामिक यात्रा तय गरि गरिब निमुखाको साँचो अर्थमा उन्मिक्ति दिलाउने बाटोमा देशलाइ लान यो सरकार सफल होस् मेरो साथ, सहयोग रहने प्रतिवद्धता सहित सुभेच्छा प्रकट गर्दछु, चौधरीले भन्नुभएको छ । ‘

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित