लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु.४० अर्ब ४७ करोड बजेट ल्याएको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि रु.४० अर्ब ४७ करोड ८९ लाख ९७ लाखको बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालूतर्फ रु.१३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ रु.२३ अर्ब २५ करोड ६९ लाख एक हजार छुट्याइएको छ। त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ रु.तीन अर्ब ५८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ। जुन चालूतर्फ ३३.६८ प्रतिशत, पूँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत हो।

आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट रु.६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु.११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी रु.२९ करोड, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजश्व रु.दुई अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान छ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु.आठ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट रु.पाँच अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट रु.८४ करोड, विशेष अनुदानबाट रु.५६ करोड, चालू आर्थिक वर्षको नगद मौज्दातबाट रु.तीन अर्ब र आन्तरिक ऋणबाट रु.एक अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको मन्त्री मास्कीले बताए।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित