समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज नेकपामा प्रवेश


दशरथ घिमिरे
दाङ, १० मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज सेर्पाइली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन । दाङको हापुरेमा आयोजना गरिएको बिशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन ।

नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए । नेकपाले दाङको हापुरेमा बिशाल चुनावी आम सभा गरेको छ । नेपाली कांग्रेसले श्रीगाउँमा चुनावी सभा गरेको भोली पल्ट नेकपाले हापुरेमा चुनावी सभा गरेको हो । सभालाई सम्बोधन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, नेकपाका प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्ती लगायतका केन्द्रीय नेताहरुको सहभागीता रहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित